दफा २६
साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने
गाउँपालिका तथा नगरपालिकाले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि देहायको विषयमा अन्य गाउँपालिका वा नगरपालिकासँग साझेदारी, सम्झौता वा संयुक्त व्यवस्थापन गर्न सक्नेछः–
(क) बृहत पूर्वाधार निर्माण, ठूला मेसिन तथा औजार खरिद र व्यवस्थापन,
(ख) विपद् व्यवस्थापन,
(ग) यातायातको सञ्चालन तथा व्यवस्थापन,
(घ) फोहोरमैला बिसर्जनस्थल वा प्रशोधन प्रणालीको विकास र सञ्चालन,
(ङ) दमकल तथा एम्बुलेन्स सेवाको सञ्चालन,
(च) बस्ती विकास तथा भू–उपयोग योजना,
(छ) पर्यटन, प्रविधि तथा संस्कृतिको प्रवद्र्धन र विकास,
(ज) संयुक्त उद्यम,
(झ) आधारभूत तथा माध्यमिक तहको प्राविधिक शिक्षाको सञ्चालन, प्रवद्र्धन र विकास,
(ञ) स्थानीय बजार व्यवस्थापन र वातावरण संरक्षण,
(ट) अन्तरस्थानीय तह भगिनी सम्बन्ध,
(ठ) असल अभ्यास र अनुभवको आदान प्रदान,
(ड) भौतिक तथा आर्थिक सहयोग,
(ढ) अन्य उपयुक्त विषय ।